काठमाडाैं । बुधबार बिहान बिहान ५ः१९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पकाे धक्कापछि उपत्यकाका सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।
भूकम्पको धक्का उपत्यकासहित देशका अरू भागमा पनि महसुस गरिएको थियो ।
भूकम्पकाे क्षतिबारे विस्तृत विवरण भने आइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७