चितवन । गएरातिदेखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड साढे २ बजेदेखि सञ्चालन भएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरले चारकिलोको पहिरो सफा गरेर साढे २ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन भएको जानकारी दिएको छ ।
सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूलाे पहिराे खसेकाे थियाे ।
सोमबार राति सुरुमा १० :३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए ।
सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७