वीरगन्ज । काेराेना भाइरसकाे संक्रमणका कारण पर्साको वीरगन्जमा १ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिला छिन् ।
उनको नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ सवा ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
कोरोना संक्रमित ती महिलालाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहको रोगी रहेकी ती महिलाको तत्कालै आइसियुमा राखेर उपचार सुरु गरिएको थियो ।
योसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७