काठमाडौं । साेमबार नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा साे संख्यामा संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको जम्मा संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ छ ।
यसैबीच साेमबार काठमाडौँ उपत्यकामा मात्रै ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
गौतमका अनुसार काठमाडौं जिल्लामा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना संक्रमित भेटिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ८ सय ७९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
यससँगै नेपालमा काेराेना संक्रमणलाई जित्नेकाे संखया ३९ हजार ५ सय ७६ पुगेकाे छ ।
साेमबार देशरभरका प्रयाेगशालामा १० हजार ८ सय ७८ सय जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ । यससँगै हालसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाकाे परीक्षण भएकाे छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा नेपालमा काेराेनाका कारण थप १५ जनाकाे मृत्यु भएकाे छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेकाे संखया ३ सय ६० पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७