काठमाडौँ । नेपाल एअरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लामा र कोल्हात्करले वाइडबडी जहाजमा शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई ३ दिनअघि दक्षिण सुडान लगेका थिए । दुवै पाइलटलाई होटल सोल्टीको आइसोलेसनमा राखिएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७