काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण सिराहाकी १ जना महिलाकाे जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका वडानम्बर २ बन्दीपुर निवासी ३५ वर्षीया महिला छिन् ।
लामो समयदेखि निमोनियाबाट ग्रसित रहेकी महिलाको पिसिआर परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
उपचारकै क्रममा उनको आइतबार साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७