काठमाडौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा १ महिनापछि पुनः सञ्चालन भएको छ ।
विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आइतबार सुरु भएको हो।
राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ ।
विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७