काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने काठमाडौंका ३ जना ५९, ६४, ७० वर्षीय पुरुष र सिन्धुपाल्चोकका १ जना ५९ वर्षीय पुरुष छन् ।
अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका ३ जनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र १ जनाकाे भने कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार शनिबार र आइतबार २४ घन्टाकाे अवधिमा ४ जनाको मृत्यु भएको हाे ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७