काठमाडाैं । सबैभन्दा बढी जाम हुने काठमाडौंकाे कोटेश्वर-जडिबुटी सडकखण्डलाई ८ लेनमा विस्तार गर्ने काम जारी छ ।
यसअघि ४ लेन रहेको सडकलाई अब ८ लेनको बनाउन लागिएको हाे । हाल भएकाे सडककाे दक्षिणतिर २ लेन र उत्तरतिर २ लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु गरिएको हो ।
२ लेन पेप्सीकोलातर्फ र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र हाल भएकाे बीचकाे ४ लेन जडिबुटी हुँदै सिधै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो ।
हेर्नुहाेस् तस्बिर र भिडियाेमाः
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७