काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान मात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।
यससँगै गण्डकीमा हालसम्म २ हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो ।
तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणीका ६, तनहुँको व्यासका १, म्याग्देका ४, स्याङ्जाको गल्याङका १ तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा ७ गरी २९ जनामा कोरोना पुष्टि भएको हो।
त्यसैगरी प्रदेशमा ५ सय ६१ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमित १ हजार १८ छन् । आजसम्म १ हजार ८ सय ६१ निको भएर घर फर्किएका छन् । गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७