भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् ।
श्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
उनलाई गत अगस्टको २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो ।
त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको संक्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् ।
'गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरि उहाँलाई भर्ना गरिएको छ ।' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७