काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे घुम्थाङस्थित पहिरोले क्षतिग्रस्त स्थल पुगेका छन् ।
पहिराेले पुर्याएकाे क्षतिबारे बुझ्न सभामुख सापकोटा आइतबार बिहानै स्थलमार्गबाट पहिरोग्रस्त स्थल पुगेका हुन् ।
सभामुखले पहिरो प्रभावितहरुलाई स्थान्तरण र त्यसका लागि भौगोलिक अध्ययनको विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
'यहाँको भूबनौटबारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाई एकीकृत बस्तीको योजनास्वरूप अगाडि बढाउने छौं', सापकाेटालाई उद्धुत गर्दै न्याैपानेले भने ।
सापकाेटाले पहिरोमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि छिटो र छरितो ढंगले काम गर्न खोज/उद्धार टोलीलाई निर्देशन पनि दिएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७