वि.सं. १९६० को दशकमा बाहुन थरमा जन्मिनुभएका मेरा हजुरबाले ठुलो हिम्मतका साथ क्षेत्री थरकी कन्यासँग बिहे गर्नुभयो, उपहार स्वरुप उहाँ आफ्ना भाइबन्धुहरुबाट टाढा हुनुपर्यो । आफ्ना जजमानहरुबाट तिरस्कार सहनुपर्यो र समाजको नजरमा स्वजातीय दलित हुनुभयो । मेरा बाले आफ्नो पिताजीको भान्छामा गई उहाँको काखमा लुटपुटिएर खाना खान पाउनु भएन, न त हजुरबाको अन्तिम अवस्थामा उहाँलाई मनपर्ने खाना आफ्नो हातले पकाएर समेत खुवाउन पाउनुभयो । मेरा बाले घरभित्रै दलितको व्यवहार भोग्नुभयो । उहाँ समाजको नजरमा अन्तरजातीय दलितमा परिणत हुनुभयो र उहाँको बाहुन जात खोसेर क्षेत्री जात दिइयो ।
आजको समयमा पनि यस समाजले दलित भनी दर्जा दिइएको मान्छे मेरा बाको घरमा आउ“दा बाहिर नै बस्छन् । बाहिर नै बसेर खाना खान्छन् र आफूले खाना खाएको भा“डा आफै माझेर राखिदिन्छन् । उनीहरु घरभित्र पस्ने आ“टसम्म गर्दैनन् । न त मैले नै उनीहरुलाई भित्र बस्नुस् भनेर भन्न सक्छु । अनि मनमनै सोच्छु– २१औं शताब्दीमा जन्मिएर पनि मेरा हजुरबाको जति क्रान्तिकारी कदम चाल्न नसक्ने म पनि सोचको दलित नै हु“ । र चाहना भने मेरी छोरीको दिमागमा कुनै प्रकारको दलित सोचले बास नगरोस् भन्ने राख्छु ।
तराई क्षेत्रको डोम समुदायमा बसोबास गर्ने मानिसहरु अझै पनि कतिपय ठाउ“मा आफूले खाने भाँडाकुँडा आफँै बोकेर हिँड्छन् । होटलमा नछोईकन आफ्ना भा“डा थापेर खाजा खान्छन् र पैसा तिरेर फर्कन्छन् । त्यहा“ पैसाभन्दा बढी मान्छे अछूत हुन्छ । उसले खाजा खाएका भाँडाकुँडाहरु अछूत हुन्छन् तर वास्तविक दलितहरु ती मनहरु हुन्, जसले मान्छलाई छुन मानेन तर उसैले दिएको पैसा छुन मान्यो । समाज सेवामा दख्खल राख्ने दलित समुदायका मानिसहरु पेसागत रुपमा अतिउपयोगी सामानहरु बनाउँछन् र आफ्नो जीविकोपार्जन गर्छन् । सोही सामानको प्रयोग गरेर उच्च जातको हुँ भन्ने मानिसहरुले आफ्नाे दैनिकीलाई सहज बनाइरहेका छन् । उनीहरुले नै सिलाएको शुद्ध वस्त्र लगाएर वेद आसनमा बसी मन्त्र उच्चारण गरिरहेका छन् । तर त्यही लुगा सिलाउने मनिसलाई अछूत मान्ने हाम्रो सोच दलित हो, वास्तविक रुपमा अछूत हो ।
कुनै दलित समुदायमा जन्मिएकी राम्री किशोरी देख्ने बित्तिकै आहा ! कस्ती राम्री बाहुनी जस्ती भनिन्छ । जुन समाजले सुन्दरतामा पनि जात देख्छ । सुन्दर हुनका लागि पनि उच्च जातमा नै जन्म लिनुपर्दछ भन्ने सोच राख्नु नै दलित मानसिकताको प्रतीक हो । धेरै ठाउ“मा अन्तरजातीय विवाहको कारणबाट मानिसहरुले ज्यान गुमाइरहेका छन् । जसको ज्वलन्त उदाहरण जाजरकोटमा नवराज विश्वकर्मा र उनको समुदायमाथि जुन आक्रमण भयो यो सबै नीच मानसिकताको उपज हो । आजको नेपालमा कुनै चेतनशील मानिसले यस्ते कदम चाल्न सक्दैन ।
गौतम बुद्ध मधेसमा जन्मिएका मधेसी थिए र उनी प्रायः धोती लगाउने गर्दथे । तर बुद्धत्व प्राप्त गरेका कारण हामी उनलाई भगवान् मान्छौँ, जुन हाम्रो गर्वको विषय पनि हो । तर त्यही मधेसमा जन्मिएको मानिसलाई हामी भैया भन्छौँ र उनीहरुप्रति हेपाहा प्रवृत्ति देखाउँछौँ । यस प्रकारको व्यवहार हाम्रो दरिद्र सोचको उपज हो । यस्तो सोच परिवर्तन नगर्ने मानिस ब्राह्मण समाजमा जन्मिए पनि सदैव दलित नै रहन्छ ।
यी माथि उल्लेख गरिएका उदाहरणहरु हाम्रो समाजको वास्तविक ऐना हुन् । जसबाट हाम्रो समाज कुन गतिमा अगाडि बढिरहेको छ भन्ने थाहा हुन्छ । मानिस जन्मजात जातीय, क्षत्रीय तथा धार्मिक रुपमा विभाजित भएर जन्मिएको हुँदैन । जुन समाज र जातमा जन्मियो, त्यहीँको समाजको रहनसहन र वातावरणले उसको सोचलाई साँघुरोे घेरामा सीमित गरिदिन्छ । यदि कुनै गल्तीवश दलित र गैरदलित जातको बच्चा हस्पिटलमा जन्मिने बित्तिकै साटियो भने उनीहरुले ठुलो भएपछि देखाउने व्यवहार उनीहरु हुर्किएको परिवार अनुसार नै हुन्छ । त्यसैले मानिसको जातको निर्धारण उसको जन्मले नभई उ हुर्किएको समाजले गर्ने गर्दछ । यदि समाज विकृत भयो भने त्यसले मानिस–मानिसबीचमा विभाजन ल्याउने गर्दछ ।
जातीय विभेदको इतिहास हेर्ने हो भने करिब ३५ सय वर्षअगाडि जनसंख्याको वृद्धि सँगसँगै कामको वर्र्गीकरण गर्नुपर्ने अबाश्यकता महसुस भयो र पुर्वीय संकृति अनुसार कामको वर्गीकरण गरियो । जुन कुरा संसारको पहिलो लिखित ग्रन्थ ऋग्वेदमा उल्लेख गरिएको छ र यसलाई श्रम विभाजनको प्रारम्भिक मोडेल पनि भनिन्छ । जहा“ ब्राह्मणहरु अध्ययन–अध्यापन, अनुसन्धानमा विज्ञता हासिल गर्दथे । क्षत्रीयहरु शासन सत्ता सञ्चालन गर्ने, देशको सुरक्षा गर्ने र सीमा रक्षाका लागि ज्यान दिने काम गर्दथे । वैश्यहरु देशको अर्थव्यवस्था सञ्चालन गर्ने, नियमन गर्ने काम गर्दथे । शूद्र जातिकाहरुले सीपको प्रयोग गरी समाजसेवा गर्ने र देश विकासका लागि कृषि, पशुपालन तथा व्यापार गर्ने काम गर्दथे । यसप्रकार काम गर्दै जा“दा ब्राह्मण तथा क्षेत्री जातिले आफ्नो पेसा क्रमशः परिवर्तन गर्दै गए । तर शूद्र र वैश्य जातिलाई उनीहरुको पेसा फेर्न दिइएन । फलस्वरुप विद्रोह उत्पन्न भयो र उनीहरुलाई दबाउनका लागि सबै कुरा बाहेक गरियो । अछूत भनियो र एउटै धाराको पानी समेत खान दिइएन ।
इतिहासमा युद्ध जित्नेहरुले राज्य सञ्चालन गरी आफूलाई ठुलो जाति भनी युद्ध हार्नेहरुलाई सानो जातको दर्जा दिइएको पाइन्छ । करिब २ हजार वर्षअगाडिको उपत्यकामा मुन्धुम परम्परा अनुसार करिब ३२ पुस्तासम्म शासन गर्ने किराँतहरु (राई, लिम्बू, सुनुवार आदि) लाई लिच्छबीहरुले आक्रमण गरी विजय भई लिच्छबीकालको सुरुआत गरी जातीय विभेद बढाएको पाइन्छ । त्यसको साथै जनसंख्या बढ्दै जा“दा श्रम क्षेत्रको विभाजन पनि बढ्दै गयो र जातीय विभेद झन् व्यापक बन्दै गएको पाइन्छ ।
यसप्रकार जातीय विभेदको सुरुआत कुनै व्यक्ति वा समाजबाट नै भएको पाइन्छ । न कि कुनै धर्मको कारणले । हामीले कुनै अमूक धर्मको बाहुल्य भएकै कारण सोही धर्मले जातीय विभेद गर्यो भन्नु अर्को संकीर्ण सोचको उपज हो । शूद्र र वैश्यहरु अछूत नभई कृषक, श्रमिक, व्यापारी, समाजसेवी तथा आर्थिक व्यवस्थापक हुन् । उनीहरुलाई ब्राह्मण र क्षेत्रीहरुले दबाएर दलित, अछूत नामकरण गरी समाजमा उनीहरुमाथि गलत मानसिकताको बीजारोपण गरिदिएका हुन् । उच्च जाति भनिएको ब्राह्मणभित्र पनि विभिन्न विभेदहरु पाइन्छ । जस्तैः उपाध्याय–जैसी आदि । त्यस्तै, दलित जातिभित्र पनि एकआपसमा सानो र ठुलो जाति भन्ने भावना व्यापक छ । यस प्रकारको गलत मानसिकता परिवर्तन गर्नका लागि ब्राह्मण र क्षेत्रीहरुले आफैँ उदाहरण बनेर अग्रसरता लिनुपर्दछ । जुन आफूमाथि लागेको दोष पखाल्ने स्वर्णिम अवसर पनि हुन सक्दछ । यो वा त्यो बहानामा ब्राह्मण र क्षेत्रीले जातीय विभेदको वीजारोपण गरेकै हुन् । त्यसको क्षतिपूर्ति स्वरुप उनीहरुले दलितहरुको सामाजिक, आर्थिक तथा शैक्षिक उत्थानका लागि सहयोग गर्नुपर्दछ र उनीहरुमा आफू दलित हु“ भन्ने भावना हटाउनका लागि भूमिका खेल्नुपर्दछ ।
मानिसको गर्भधारण प्रक्रिया, जन्म र मृत्यु समान किसिमले हुने गर्दछ । तर मानिस जति समय यस पृथ्वीमा रहन्छ त्यो समयमा उसले कस्तो प्रकारको मानिस र समाजको संगत गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानिसको सोचाइ र व्यवहारलाई उसको आफ्नो संस्कृति, परम्परा र समाजले परिवर्तन गर्दै लैजान्छ र मानिस जातिवाद, क्षेत्रीयता र धार्मिक लडाइँको भूमरीमा फस्दछ । मानिसलाई बाल्यकालमा दिइने शिक्षा र संस्कारले उसले भविष्यमा गर्ने व्यवहार र आचरणको निर्धारण गर्दछ । त्यसकारण बालबालिकालाई विद्यालय स्तरमा नै सबै मानिस समान हुन् । काट्दा सबैको रगत रातो नै आउँछ, सबैको शरीर उस्तै तन्तुहरुले बनेका हुन्छन् र मानव–मानवबीचमा कुनै छूत–अछूत हुँदैन भन्ने कुरा सिकाउनु पर्दछ । साथै आफ्नो धर्म–संकृतिको राम्रो पक्षहरुको बचाउ गर्ने र नराम्रा कुराहरुलाई छाड्दै राम्रा पक्षलाई कसरी वैज्ञानिकरुपमा विश्लेषण गरी जीवनोपयोगी बनाउने भन्ने शिक्षा पाठ्यक्रममा समावेश गरी विद्यालय स्तरमा नै सिकाउनुपर्छ ।
समाजले मानिसलाई जसरी जन्मजातै जातको आधारमा पवित्र र अपवित्र भनी छुट्याएको छ, यो सबै अशिक्षा र दासतापनको उपज हो । वास्तवमा पवित्रता भनेको सबैको भलो गर्नु, समाजसेवा गर्नु, सबैलाई समान व्यवहार गर्नु, जातीय विभेद नगर्नु, अरुलाई दुःख नदिनु हो । अपवित्रता भनेको अरुलाई दुःख दिनु, विभेद गर्नु, अरुको शोषण गर्नु, छूत–अछूत भनी छुट्याउनु हो । यसबाट हामीले आफू पवित्र वा अपवित्र के हो, आफैँ छुट्याउनु पर्दछ ।
वर्तमान सन्दर्भमा छुवाछूत एउटा जघन्य अपराध हो भन्ने कुरा कानुनी रुपमा नै नेपाल सरकारले ऐन बनाई लागू गरेको छ । तर हाम्रो मानसिकता र आचरण परिवर्तन हुन अझै धेरै समय लाग्ने देखिन्छ । कानुन कार्यान्वयन गर्ने क्रममा पीडित पक्षले राम्रोसँंग कानुनी सहायता नपाएको देखिन्छ । पीडित पक्षले खर्च गर्ने क्षमता राख्न सक्दैनन् भने पीडक पक्ष अर्थिक रुपमा पनि सक्षम हुन्छन् । साथै राजनीतिक पहुँचमा पनि उनीहरु नै अगाडि हुन्छन् । कतिपय राजनीतिक दलहरुले श्रमजीवी वर्गलाई विभाजन गराई उनीहरुलाई सत्ता प्राप्तिको भर्याङको रुपमा उपभोग गर्ने काम गरिरहेका छन् । जसले गर्दा उनीहरु सांगठानिक रुपमा अगाडि आउन सक्दैनन् । फलस्वरुप शासक वर्ग झन् बलियो हुने गर्दछन् र दलित सदैव दलित नै रहन्छन् ।
दलित वर्गको उत्थानका लागि सरकारले अवलम्बन गरेको आरक्षण नीति एउटा निश्चित समय अवधिका लागि मात्र उपयुक्त हुन्छ र सो अवधिमा सरकारले व्यापक रुपमा काम गर्नुपर्दछ । उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक स्तरोन्नति गर्न र राज्य सञ्चालनमा उनीहरुको पहुँच पुर्याउन सहयोग गर्नुपर्दछ । साथै गैरदलितहरुको मानसिक स्तर उकास्नका लागि पनि सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता देखिन्छ । त्यसैगरी जातीय उत्थानको नाममा खोलिएका विभिन्न संघसंस्थाहरुले विभेद अन्त्य गर्नका लागि के कति भूमिका खेले ? उनीहरुले आफ्ने उद्देश्यअनुसार काम गरे कि गरेनन् ? उनीहरुले समाजमा के कति सकारात्मक परिवर्तन ल्याए भन्ने कुरा सरकारले कडाइको साथ नियमन गर्नुपर्दछ । कतिपय संघ संस्थाहरुले बाहिरी रुपमा राम्रा–राम्रा नाराहरु देखाएर परियोजना सञ्चालन गरे पनि भित्रीरुपमा जातीय तथा धार्मिक दंगा फैलाएर समाजलाई विखण्डनतर्फ लगी आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । यसको नियन्त्रण समयमा नै गरिएन भने जातीय विभेद झन् बढ्दै जाने खतरा देखिन्छ ।
अन्त्यमा, जन्मको आधारमा कोही पनि मानिस अछूत हुँदैन, हुन्छ त केवल उसले गरेको खराब काम र सोचको आधारमा मात्र हुन्छ । जो मानिसले सबै कुरा बुझेर पनि समाज परिवर्तनको पहल गर्दैन, समाजमा रहेका कुरीति र कुसंस्कारहरुलाई हेरेर बस्छ, त्यो मानिसले जति धेरै शिक्षा हासिल गरेर विद्वता प्राप्त गरे पनि उ दलित नै रहन्छ । त्यसकारण हामी सबै दलित र गैरदलित मिलेर विभेदमुक्त समाजको निर्माण गर्न आ–आफ्नो ठाउ“बाट भूमिका खेल्नु आवश्यक छ । ताकि हाम्रा भावी सन्ततिहरु हाम्रो दलित सोचलाई देखेर लज्जित हुनु नपरोस् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७