काठमाडौँ । आगामी ३ दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् ।
'प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावनासमेत छ', मौसमविद् पोखरेलले भनिन् ।
वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षा भइरहेको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७