काठमाडौँ । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम बदलीका कारण केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।अहिले बिहानी पख देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७