चितवन । काेराेना भाइरसकाे संक्रमणका कारण चितवनमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुष छन् । चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषकाे बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा मृत्यु भएको हाे ।
श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७