काठमाडाैं । निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेबापत अभिभावकसँग शुल्क लिन पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गर्दै शुल्क लिने बाटाे खाेलिदिएकाे हाे ।
अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ ।
यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।
तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्ने छ । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’
हेर्नुहाेस् निर्देशिकाः
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७