काठमाडाैं । गत भदाै ४ गतेदेखि लागू गरिएकाे निषेधाज्ञा खुकुलाे बनाएसँगै काठमाडाैं उपत्यकामा मानिसकाे चहलपहल बढेकाे छ ।
काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् ।
सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् भने निजी सवारीकाे हकमा जोर बिजोरका आधारमा सबै चलेका छन् ।
यातायातसँगै व्यापार व्यवसाय सञ्चालन पनि गर्न दिने िर्णय भएसँगै बजार तथा पसलहरू पनि खुलेका छन् । तर पसल सञ्चालनमा भने र बार र समयसीमा ताेकिएकाे छ ।
काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए ।
तस्बिरहरूः
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७