बागलुङ । चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति १ युवाको मृत्यु भएको छ।
वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
मोबाइल चार्जमा राख्ने क्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
टाउकोमा गहिरो चोट लगेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए ।
चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भइरहेको छ । युवाको शवलाई पोस्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७