काठमाडौं । कोरोना भाइरसबाट बुधबार नेपालमा थप १ हजार ८१ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको परीक्षण गर्दा १ हजार ८१ जनामा संक्रमण देखिएकाे हाे ।
यससँगै कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १५ हजार २५ छ ।
सक्रिय संक्रमितमध्ये देशभरका संस्थागत आइसोलेसन ७ हजार ९ सय ८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना छन् । आजसम्म देशभर ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ सय १८ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप ६ जनाकाे मृत्यषु भएकाे छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष छन् ।
यससँगै नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या ३ सय १२ पुगेकाे छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७