काठमाडौं । बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ मा आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको उल्लेख गरेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुधबार जारी गरेकाे बुलेटिनमा उल्लेख छ।
बुधबार दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार देशभर सामान्यतया बदली रहि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७