काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण बाँकेमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका– १६ की ८० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएकाे हाे ।
नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएकी महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी रहेकी महिला भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७