काठमाडौँ । मिडियाको लोगोसहितको नक्कली परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर बिक्री गर्ने १ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट ३ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले २५ वटा नक्कली प्रेस कार्ड समेत बरामद गरेको छ ।
उनीहरूले प्रति कार्ड ५ सय रूपैयाँभन्दा बढीमा बेच्ने गरेकाे पाइएकाे छ । उक्त गिरोहले लकडाउनको समयमा आवागमन सहज हुने भन्दै फेसबुकमार्फत सम्पर्क गर्ने, नमुनाहरु पठाउने र परिचयपत्र तयार पारेर होम डेलिभरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७