तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ देउलीखोलामा सोमबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका-८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका-५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
उनका अनुसार जिपमा रहेका अन्य ६ जना घाइतेमध्ये ४ जनाको पोखरामा र २ जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
व्यास नगरपालिका-५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटी लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जिप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७