वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगन्ज हेल्थकेयरको आइसियुमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।
अस्पतालकाका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा पठाएको थियो ।
वीरगन्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७