काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको अंग निकाल्ने गरिन्छ भनेर अन्तर्वार्ता दिने व्यक्ति पक्राउ परेका छन् ।
आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बू पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बूलाई सोमबार पक्राउ गरेको जनाएकाे हो ।
ती व्यक्तिलाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।
उनले हालै विभिन्न युट्युब च्यानलहरुमा कोभिड–१९ बाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोस्टमार्टम नहुनुको कारण अंग निकालिनु नै रहेको आरोप लगाएका थिए ।
उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने थापाले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७