काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नेपालमा ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंका ३ जनासहित ९ जनाको मृत्यु भएको जनाएको हाे ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ ।
मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया छन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय रहेकाे गाैतमले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७