काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३ सय ८२ जनाकाे परीक्षणमा २ सय ९० महिला र ६ सय ९० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार २७ छ ।
आइतबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका ३ सय ५४ जना छन् । गाैतमका अनुसार काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २८ हजार ९ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७