भक्तपुर । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ ।
संक्रमणकाे शंका लागेर भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए । शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन् भने उनको अवस्था सामान्य रहेको बताइएकाे छ । उनको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ । उनको ट्राभल हिस्ट्री खोज्ने कार्य भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७