काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय ७३ जनाकाे परीक्षणमा ३ सय ५९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण देखिएकाे हाे ।
यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १७ हजार ८ सय ७० छ ।
शनिबार थपिएका संक्रमित मध्ये काठमाडाैं उपत्यकाका मात्रै ४ सय ८ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित नेपालमा हालसम्म निकाे हुनेकाे संख्या २७ हजार १ सय २७ पुगेकाे छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७