काठमाडाैं । भदौ १७ गतेदेखि हराइरहेकी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी गीता केसी मृत अवस्थामा भेटिएकी छन् ।
केसीको शव ललितपुरको लेलेस्थित सामुदायिक जंगलमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
प्रहरीले उनको हत्या गरेर जंगलमा शव फालेकाे आशंका गरेको छ । अनुसन्धानका लागि उनका नातेदार निर्मल केसीलाई पक्राउ गरिएको एसएसपी राईले बताए ।
ललितपुरको भैँसेपाटी घर भएकी उनी अल्का अस्पतालमा सरसफाइको काम गर्दै आएकी थिएन् । गीता हराएको निवेदन उनका परिवारले तीन दिनअघि महानगरीय प्रहरी परिसर ललितपुरमा दिएका थिए ।
हाल शवलाई पोस्टमार्टमका लागि पठाइएकाे र पोस्टमार्टमपछि थप अनुसन्धान हुने एसएसपी राईले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७