विराटनगर । कोरोना भाइरसकाे संक्रमणका कारण विरटनगरका २ जनाकाे मृत्यु भएकाे छ ।
काेराेना संक्रमित १जना मिलाकाे विराटनगरकाे काेसी अस्पताल र अर्की महिलाकाे धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर–४ की ६४ वर्षीया महिलालाई उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोसी अस्पताल भर्ना गरिएकाे थियाे ।
उपचारककै क्रमममा उनकाे साँझ साढे ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएकाे छ । उनकाे पिसिआर परीक्षणकाे रिपाेर्ट भने शनिबार बिहान मात्रै आएकाे हाे ।
यसैगरी विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया संक्रमित महिलाको शुक्रबार धरानमा मृत्यु भएकाे हाे ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकाे शुक्रबार साँझ साढे ६ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाए ।
उनका अनुसार अनुसार पेट र छात्री दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको थियाे ।
महिलामा ४ वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा. सापकोटाले बताए । कोरोना देखिएपछि न्युरोबाट रिफर गरिएकी महिलालाई बिहीबार प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७