बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत संक्रमित १ महिला र १ पुरुषको मृत्यु भएको हो ।
कोरोनाबाट मृत्यु भएका बुटवल ११ का ४० वर्षीय पुरुषलाई भदौ १५ गते ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको शुक्रबार राति मृत्यु भएको अस्पतालका डा सुदर्शन थापाले जानकारी दिए ।
यस्तै नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया महिलाको मृशनिबार बिहान मृत्यु भएको हो । उनी भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
मृत्यु भएका दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहे पनि अरु कुनै दीर्घरोगको समस्या थिएन । योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७