चितवन । हेटौंडाकी १ कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षीषा महिलाको मृत्यु भएको हो ।
चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
ती महिलालाई बिहीबार राति मात्रै प्लाज्मा थेरापी गरिएको थियो। डा.शीतल अधिकारी र डा.दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापीबाट उनको उपचार गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७