धादिङ । धादिङमा १ व्यक्तिले अर्का पुरुषकाे हत्या गरी टाउको काटेर झोलामा लिएर प्रहरी कार्यालय पुगेका छन्।
धादिङको नीलकण्ठ नगरपालिकाका राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई खुर्पाले हानेर हत्या गरेका हुन् ।
सामान्य विवाद पछि परियारले गुरुङलाई घरभन्दा केही पर सडकमा लगेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा हत्या भएको थियो ।
'हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,' एसपी रेग्मीले भने।
टाउकाेबिनाकाे शवलाई मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७