धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका २ जना कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको छ ।
सप्तरीको राजविराज– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
सप्तरी राजविराज नगरपालिका-७ का ५५ वर्षीय पुरुष ८ गते प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकमा कमजोरी, रक्तअल्पताको समस्या, मधुमेह र उच्च रक्तचापकाे दीर्घ रोग रहेको बताइएकाे छ ।
यसैगरी सप्तरीकै ५० वर्षीय पुरुष बिहीबार भर्ना भएकामा २ बजेर ३० मिनेटमा मृत्यु भएको सापकाेटाले जानकारी दिए । मृतकमा मधुमेहकाे दीर्घराेग थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७