बाग्लुङ । बाग्लुङकाे ढाेरपाटनमा आएकाे बाढी तथा पहिरोमा परी बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ ।
घटनास्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । मृत्यु हुनेमा ६ पुरूष र दुई जना महिला छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताए।
उनका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ।
त्यस्तै बेपत्ता हुनेको संख्या ३६ पुगेको छ। बेपत्ता हुनेहरूमा पनि ३ जनाको पहिचान नभएको प्रहरीले जनाएकाे छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७