काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा चितवन र रुपन्देहीका १-१ जना छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत १ महिलाको मृत्यु भएको हाे । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला छिन् ।
अस्पतालका अध्यक्ष हरिशचन्द्र न्यौपानेका अनुसार भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो।
भदौ १० गते कोरोना पाेजेटिभ देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरी बुटवलमा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ कोरोना पुष्टि भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७