झापा । झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्र बीभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ ।
बुधबार बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ ।
सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुर समेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७