काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ जना अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले रामनरेश राउत पटेलपक्राउ परेका उनीहरूकाे बयानका आधारमा प्रहरीले आर्थिक लेनदेनका कारण पुजारी साहको हत्या भएको निष्कर्ष निकालेकाे छ । र बालकृष्ण पटेलललाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।
पक्राउ परेका रामनरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने बहानामा रामनरेशले कटुवा पेस्तोलबाट गोली हानी पुजारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप साहले बताए ।
उनका अनुसार पुजारी साहले गाउँमा हुने विभिन्न विषयका छलफलमा पनि फरक मत राख्ने गरेकाले पटेलसहित अन्यसँग विवाद हुने गरेको थियो ।
पुजारी हत्या प्रकरणमा देवाही गोदाही नगरपालिका-१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल अझै फरार छन् ।
पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७