काठमाडाैं । काराेना संक्रमणका कारण नेपालमा थप ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा काठमाडाैं, तनहुँ र कपिलवस्तुका १-१ जना छन् ।
कोरोना संक्रमणबाट कपिलवस्तुकी १ महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
कृष्ण नगरनगरपालिका ११ की ७० वर्षीया वृद्धाकाे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हाे ।
ज्वरो, श्वासप्रश्वास, उच्च रक्तचापजस्ता दीर्घरोगको बिरामी रहेकी वृद्धामा भदाै ७ गते काेराेना पुष्टि भएकाे थियाे ।
यसैगरी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौँको मैतीदेवीका ७५ वर्षीय वृद्ध र तनहुँकी २० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
भदौ १५ गते अस्पताल भर्ना भएका ७५ वर्षीय वृद्धमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
यस्तै मिर्गौला र बाथरोगको समस्या रहेकी तनहुँकी २० वर्षीया महिला नियमित डायलासिस गराउँदै आएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७