काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएकाे छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।
वृद्धि भएसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ ।
डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७