काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १ जना पूर्वन्यायाधीशको मृत्यु भएको छ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मुटु रोगी रहेका चालिसे विगत ५ दिनदेखि गंगालाल अस्पताल बाँसबारीमा उपचाररत थिए । काठमाडाैंका चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका हुन् ।
यसैगरी पर्साकाे वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ ।
नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका १ जना र बाराको कोल्भी नगरपालिकाका १ जनाको मृत्यु भएकाे अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।
बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए । यस्तै अस्पतालमा छ दिनदेखि उपचार गराइरहेका बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको बिहान ज्यान गएको हाे ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७