काठमाडाैं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वयंसेवक माग गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको हाे ।
संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीलाई आवेदन दिन आह्वान गरिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख रघुराम बिष्टले जानकारी दिए ।
त्यसका लागि इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर ३ दिनभित्र अनलाइन आवेदन दिन सक्ने छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७