चितवन । चितवन मेडिकल कलेजमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार बिहान करिब ३ बजे मत्यु भएको हो ।
उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । उनलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७