काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ ।
कोरोना पुष्टि भएर उपचाररत मुखर्जीको मृत्यु भएको हो । उनका छोरा अभिजितले मुखर्जीको निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीलाई साउन २६ गते कोरोना पुष्टि भएको थियो । उनी आफ्नो मस्तिष्क सम्बन्धी जाँच गराउने क्रममा कोरोना पुष्टि भएको जानकारी दिएका थिए । मस्तिष्कमा रगत जमेको देखिएपछि उनको अप्रेसन गरिएको थियो ।
उनी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७