चितवन । चितवनमा करेन्ट लागेर २ जनाकाे मृत्यु भएको छ ।
भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीले जनाएकाे छ ।
भरतपुर महानगरपालिका–८ सल्यानीटोलमा रहेको माछापोखरीमा सोही वडाको आदिवासी टोल बस्ने लगभग ३५ वर्षका नवराज दराई र निरबहादुर राना मगर मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले बताए ।
माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७