वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पितृशाेक परेकाे छ ।
सरावगीका पिता ७८ वर्षीय चिरञ्जीवीलाल सरावगीको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मा मृत्यु भएको हो ।
१५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनलाई रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्या रहेकाे बताइएकाे छ ।
त्यसअघि साउन २२ गते कोरोना देखिएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७