काेराेना भाइरसकाे संक्रमणले विश्व नै आतंकित भइरहेकाे समयमा त्यसविरुद्धकाे खाेप बनाउने क्रम पनि सुरु भएकाे छ ।
यसैबीच दक्षिण काेरियामा काेराेनाविरुद्धकाे खाेप बनाउन आवश्यक पर्ने प्लाज्मा दान गरिएकाे छ । बिहीबार सिन्छन्जी चर्चका १ हजार २ सय २३ जना सदस्यले प्लाज्मा दान गरेका हुन् ।
दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले अगस्ट २४ मा गरेकाे आग्रहअनुसार प्लाज्मा दान गरिएकाे चर्चले जनाएकाे छ ।
यस वर्षको सुरुमा चर्चका करिब ५ हजार सदस्यमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमित भएकामध्ये ११ जनाकाे मृत्यु भएकाे थियाे भने बाँकी सबै निकाे भएका थिए ।
प्लाज्मा दान र क्लिनिकल परीक्षणको माध्यमबाट उपचारको विकास गर्न सहभागिताको आवश्यकता देखेर कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अगस्टमा अर्को ठूलो चरणमा दान गर्नका लागि सिन्छन्जी चर्चका सदस्यहरूलाई आग्रह गरेकाे बताइएकाे छ ।
कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आफ्नो औपचारिक दस्तावेजमा सिन्छन्जी चर्च (अध्यक्ष म्यान ही ली) लाई कोभिड-१९ ले निम्त्याएको विश्वव्यापी संकटमा राष्ट्रिय स्वास्थ्य सुरक्षाको उद्देश्यका लागि कोरोना भाइरसको उपचारको विकासमा समूहको रूपमा रक्त प्लाज्मा संकलनमा सक्रियरूपमा सहभागिताको लागि धन्यवाद दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७