कोरोना भाइरसको संक्रमण विश्वभरि निरन्तर बढ्दै जाँदा दक्षिण कोरियामा भइरहेको धार्मिक उत्पीडन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट आवाज उठ्दै छ, जुन कोभिड-१९ क्वारेन्टिनको उदाहरणीय मुद्दा भनेर चिनिन्छ।
अगस्ट १७ मा क्यारेबियन लिडर्स फर पिस (सीसीएलपी-CCLP) सहमिलनले क्यारेबियनका पूर्व र वर्तमान अगुवाहरू मिलेर बनेको संयुक्त राष्ट्र मानवअधिकार परिषद् (यूएनएचआरसी) का अध्यक्षले दक्षिण कोरियाली परराष्ट्रमन्त्री काङ क्युङग-वा र संयुक्त राष्ट्र संघीय मानव अधिकारका लागि उच्चायुक्त मिशेल ब्याचुलेतलाई संयुक्त पत्र पठाएका थिए ।
पत्रमा उनीहरूले सरकारहरूले महामारीको तात्कालीन प्रतिक्रियामा पनि धर्म, जाति, जातीयता वा सामाजिक आर्थिक स्थिति जस्तोसुकै भए पनि मानवअधिकारको संरक्षणको जिम्मेवारी लिनुपर्ने र सिन्छन्जी चर्च, दक्षिण कोरियामा आधारित ईसाई सम्प्रदाय विरूद्ध चलिरहेको उत्पीडनप्रति चिन्ता व्यक्त गरेका थिए ।
सो संयुक्त पत्रभन्दा अघि ११ गैरसंघ-संस्थाहरू, युरोपिएन कोर्डिनेसन अफ असोसियसन एन्ड इन्डिभिजवल फर फ्रिडम अफ कनसाईन्स (सीएपी-एलसी) समावेशी रूपमा सिन्छन्जी चर्च विरुद्द अनुपयुक्त लक्षित भेदभावको बारेमा संयुक्त राष्ट्र महासचिवलाई "संयुक्त राष्ट्र उच्चायुक्तको लागि मानव अधिकार आयोगको वार्षिक रिपोर्ट" पेस गरेका थिए ।
उक्त पत्रमा सिन्छन्जी र कोभिड -१९ वरपरका तथ्यहरूलाई छोटकरीमा औंल्याइएको छः
कोविड - १९ चीनबाट दक्षिण कोरियामा प्रवेश भएको थियो।
कोरिया रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार थेगु शहरमा (सिन्छन्जी) ३१ बिरामी (थेगुमा) पुष्टि हुनु अघि नै भाइरस थेगु शहरमा फैलिसकेको थियो।
सरकारले चीनको सीमा बन्द गर्न अस्वीकार गर्नाले यसको प्रकोपमा ठूलो योगदान पुर्याएको।
बढ्दो सार्वजनिक असन्तुष्टिको बाबजुद सरकारले चीनमा यात्रा प्रतिबन्ध लगाएन र न्यायमन्त्री चू मी-एले अभियोजकलाई सिन्छन्जीको अनुसन्धान गर्न आदेश दिए।
स्वास्थ्य उपमन्त्रीको पुष्टि अनुसार एकत्र गरिएको निजी पहिचान जानकारीको सूची सरकारले संकलन गरेको र जाँच गरेको भन्दा त्यति फरक थिएन।
सिन्छन्जीले पेश गरेको मण्डलीका सदस्यहरूको सूची पूरा नभएको भन्दै अभियोजकहरूले सिन्छन्जीका अधिकारीहरूलाई गिरफ्तार गरेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७